शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रोनाल्डोको गोलमा अल नासर विजयी

शनिबार, ०३ चैत २०८०, ११ : ०५
शनिबार, ०३ चैत २०८०

रियाद । क्रिस्टियानो रोनाल्डोको एक मात्र गोलको मद्दतले अल नासरले अल अहलीमाथि साउदी प्रो लिगमा जीत हासिल गरेको छ । खेलको ६८ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट निर्णायक गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अङ्क दिलाए ।

यसअघि ४२ औँ मिनेटमा रोनाल्डोले गोल गरे पनि भीएआरले अफसाइड करार गर्दै रद्द गरेको थियो । ५७ औँ मिनेटमा अल अहलीको गोल पछि भीएआरले रद्द गरेको थियो । यसपटक रोबर्टो फर्मिन्होको गाललाई अफसाइड करार गरियो ।

जीतपछि अल नासर लिगको दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको अल हिलाल ९ अङ्कले अघि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप