श्रद्धेय गुरु विकाशानन्द
हजुरको प्रवचनबाट सुरु हुन्छ दिन मेरो,
त्यो आवाज नसुनेको दिन हुन्छ अधुरो ।
कसैले बुझ्न नसकेको जीवनको अँधेरो,
एकैछिनको चेतनाबाट सुल्झिएको हुन्छ अप्ठेरो ।
न रोएर जान्छ दिन न त आँसुले धोएर बित्दछ,
गुरु हजुरको आवाजले मात्र मनमा दियो जल्दछ ।
यति ठूलो मानव हुलबिचमा हराएको यो जीवन,
दिनु भयो सहारा पृथ्वीलोकमा केही दिन बिताउन ।
कहाँ पोखुँ दुःख मैले कसले सुनिदिन्छ र खै ?
गुरुको चरण परेपछि बल्ल भयो आँखा खुलेझैँ,
तर समस्या त जहाँको त्यही नै छ गुरु,
तैपनि भएको छ पीडामा मल्हमले दिने शीतलताझैँ ।
दुःख पर्दा कहाँ गए खै मित्र अनि आफन्त
अध्यात्मले नै पार्ने रैछ निरश देहलाई जीवन्त
जीवनरूपी भागदौडको चित्र नै छ विचित्र
गुरुकृपा पछि लाग्दै छ
बनाउन सक्छु कि सचित्र ।
भौतिक मोह रहेछ कति भ्रष्ट र भ्रान्ति
मानव चक्रको युद्धमा फस्न लागिन् प्रिय प्रकृति,
सद्भाव र करुणालाई छोपिदिन्छ दुष्कृति
त्यसैले त आरम्भ गर्नुछ अब मनोक्रान्ति ।
भौतिक रूपमा कैले छुने गुरुको चरण
प्रविधिले भए पनि पाएका छौ शरण
मानव चोलाले गर्नैपर्छ एक दिन मृत्युवरण
अमूल्य ज्ञान र बाँच्ने साहस प्रदान गर्ने
गुरु हजुरलाई आत्मादेखि प्रणाम ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण