भोजपुरको हतुवागढीमा आगलागी हुँदा ३ जना बालबालिकाको मृत्यु
विराटनगर । भोजपुरको हतुवागढी ७ पिप्लेमा भएको आगलागीमा परी तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षका प्रनिष कार्की, ७ वर्षकी बालिका दिपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्की रहेको प्रहरीले जनाएको छ ।
आगालगीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ५ वर्षीय बालक प्रनिष कार्की केदार कार्कीका छोरा हुन् भने केदारका भाई रमेश कार्कीका छोरी दिपशिखा र दियुनिष रहेको प्रहरीले जनाएको छ । बालबालिका खेलिरहेको ठाउँमा अचानक आगलागी हुँदा उनीहरुको मृत्यु भएको जानकारीमा आएको भोजपुरका प्रहरी प्रमुख डीएसपी सुदिपराज पाठकले जानकारी दिए ।
यसैबिच भोजपुरको टक्सार बजारमा दिउँसोदेखि लागेको आगलागी नियन्त्रणमा आएको छ । जसमा ७ वटा घर र १० वटा गोठ जलेर नष्ट भएको पाठकले जानकारी दिए । जलेका घरमध्ये २ वटामा मानिसको बसोबास नभएको र अन्य घरमा भएको क्षतिको विवरण आइनसकेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण