आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

भोजपुरको टक्सारमा आगलागी हुँदा ६ वटा घर जले

शनिबार, ०३ चैत २०८०, १८ : २३
शनिबार, ०३ चैत २०८०

विराटनगर । भोजपुरको भोजपुर नगरपालिका–१२ टक्सार बजारका केही घरमा आगलागी भएको छ । आगलागीमा परी छ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी अझै नियन्त्रणमा आएको छैन । 

मालबाँसे गाउँ नजिकैको जङ्गलमा लागेको आगो हावाहुरीले उडाएर बस्तीमा पसेको थियो । आगलागीका कारण मानवीय क्षति नभए पनि लाखौँको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । तीव्र रूपमा हुरी बतास चलिरहेको कारण आगो निभाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप