आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

भोजपुरको हतुवागढीमा आगलागी हुँदा ३ जना बालबालिकाको मृत्यु

शनिबार, ०३ चैत २०८०, २० : ३६
शनिबार, ०३ चैत २०८०

विराटनगर । भोजपुरको हतुवागढी ७ पिप्लेमा भएको आगलागीमा परी तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षका प्रनिष कार्की, ७ वर्षकी बालिका दिपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्की रहेको प्रहरीले जनाएको छ । 

आगालगीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ५ वर्षीय बालक प्रनिष कार्की केदार कार्कीका छोरा हुन् भने केदारका भाई रमेश कार्कीका छोरी दिपशिखा र दियुनिष रहेको प्रहरीले जनाएको छ । बालबालिका खेलिरहेको ठाउँमा अचानक आगलागी हुँदा उनीहरुको मृत्यु भएको जानकारीमा आएको भोजपुरका प्रहरी प्रमुख डीएसपी सुदिपराज पाठकले जानकारी दिए । 

यसैबिच भोजपुरको टक्सार बजारमा दिउँसोदेखि लागेको आगलागी नियन्त्रणमा आएको छ । जसमा ७ वटा घर र १० वटा गोठ जलेर नष्ट भएको पाठकले जानकारी दिए । जलेका घरमध्ये २ वटामा मानिसको बसोबास नभएको र अन्य घरमा भएको क्षतिको विवरण आइनसकेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप