भोजपुरको हतुवागढीमा शोक माथि शोक, तीन दिनमा १० जनाको मृत्यु
विराटनगर । गत चैत १ गते उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा बोलेर दुर्घटनामा परी मृत्यु भएका ८ जनामध्ये ७ जना भोजपुर हतुवागढीकै थिए । दुर्घटना पछि ठुलो शोक परेको भन्दै पालिकाले एक दिन शोक नै मनाउँदै सार्वजनिक बिदा दियो । तर, त्यसको तीन दिनपछि हतुवागढीमै पुनः तीन जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ ।
हतुवागढी ७ पिप्लेमा आज भएको आगलागीमा परी ५ वर्षका प्रनिष कार्की, ७ वर्षकी बालिका दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्की रहेको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्षीय बालक प्रनिष कार्की, केदार कार्कीका छोरा हुन् भने केदारका भाइ रमेश कार्कीका छोरी दीपशिखा र दियुनिष रहेको प्रहरीले जनाएको छ । बालबालिका खेलिरहेको ठाउँमा अचानक आगलागी हुँदा उनीहरूको मृत्यु भएको जानकारीमा आएको भोजपुरका प्रहरी प्रमुख डीएसपी सुदिपराज पाठकले जानकारी दिए ।
हतुवागढीमा एकपछि अर्को दुर्घटनाको खबरले मर्माहत बनाएको प्रहरी प्रमुख पाठक बताउँछन् । ‘तीन दिन अगाडि दुर्घटनामा परी त्यत्रो मानिसको मृत्यु भयो, अहिले फेरि आगलागीमा परी तीन जना बालबालिकाको मृत्यु भयो । तनावको अवस्था छ । मानिसहरू शोकमा छन्,’ उनले भने ।
बोलेर दुर्घटना हुँदा मृत्यु भएका ८ जनामध्ये ७ जना हतुवागढीकै थिए । जसमा हतुवागढी गाउँपालिका–२ का ४२ वर्षीय मानबहादुर बस्नेत, ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई, उनको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, हतुवागढी–५ की ३० वर्षीया रामकुमारी राई र हतुवागढी–५ का ४२ वर्षीय किसान राई थिए ।
अर्का एक जना भने सुनसरी इटहरीका ४५ वर्षीय कमल अधिकारी रहेका थिए । दुर्घटनामा परी हतुवागढी–२ कै ३२ वर्षीया शान्ति राई, हतुवागढी–१ का १७ वर्षीय सुनील परियार, १७ वर्षीया सविना परियारलगायत ९ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण