यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान, मङ्गलबार देशका पहाडी भूभागमा हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
सोमबार पनि यहि क्रमले निरन्तरता पाए पनि मङ्गलबार भने देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिन्दु राष्ट्र र राजसंस्थाको स्थापित नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा
-
राजावादी समूहको १४ बुँदे प्रतिबद्धता पत्रमा के छ ? (पूर्णपाठसहित)
-
‘मिस एण्ड मिस्टर नेसनल’ का विजेता छानिए
-
‘अपरेसन सिन्दूर’ अझै जारी छ : भारत
-
आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुन्छ : उद्योग मन्त्री
-
भारतको ड्रोन आक्रमणमा एक जनाको मृत्यु, चार पाकिस्तानी सैनिक घाइते