तारेभिर घटना : प्रेम प्रस्ताव अस्वीकार गरेपछि सुस्माको हत्या
काठमाडौँ । काठमाडौँको तारेभिरमा खाल्डो खनेर पुरेको अवस्थामा मृत फेला परेकी सुस्मा लामाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न २१ वर्षीय रुपेन्द्र लामालाई शुक्रबार राति पक्राउ गरेको थियो ।
१२ कक्षामा अध्ययनरत १८ वर्षीया सुस्मा लामालाई हत्या गरेर गाडेको अवस्थामा फागुन २५ मा प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खन्न गरेको थियो । हत्या आरोपी गोकर्णेश्वर नगरपालिका–३ का स्थानीय हुन् ।
प्रेम प्रस्ताव अस्वीकार गरेपछि आरोपीले सुस्माको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई बताए । राठौरले भने–‘आरोपीले सुस्मालाई पटक–पटक प्रेम प्रस्ताव राखेको खुलेको छ ।’
सुस्मा बुढानीलकण्ठस्थित बुढानीलकण्ठ माविमा पढ्थिन् । विगत ८ महिनादेखि सुस्मासँग ‘एकोहोरो प्रेम’ मा परेका रुपेन्द्रले उनको हत्या गर्न ८ दिनसम्म क्याम्पस जाने बाटोमा ढुकेर बसे । गोकर्णेश्वर नगरपालिका–३ बाट बुढानीलकण्ठमा पढ्न जाने उनीसँगै अरु दुई जना पनि थिए । माघ २२ मा बिहान सुस्मा एक्लै कलेज गएको अवस्थामा बाटो ढुकेर उनले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
सुस्मालाई पछाडिको भागबाट घाँटीमा अँठ्याएपछि पनि रुपेन्द्रले प्रेम प्रस्ताव गरेको अनुसन्धानमा संलग्न डिएसपी अनिल घिमिरेले रातोपाटीलाई बताए । घिमिरेले भने–‘म यस्तो गर्दिन, विदेश जान्छु भनेपछि आक्रमण गरेर हत्या गरेको देखिन्छ ।’
त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम रिपोर्टअनुसार ‘घाँटी दबाएर’ उनको हत्या गरेको देखिएको छ । ८ दिनदेखि सुस्मा कलेज जाने बाटोमा कुरेर मौका हेरेका रुपेन्द्रले योजनाबद्ध रूपमा ४ दिन अघिदेखि झोलामा कुटो बोकेर रेकी गरेका हुन् । हत्यापछि कुटोले खाल्डो खनेर पुरेको डीएसपी घिमिरेले बताए । घिमिरेले भने– ‘हत्या गरेको ठाउँभन्दा १० मिटर तल हात बाँधेर पुरेको भेटिएको छ ।’
मृतकको कम्मर पेटी खोलेर हातमा बाँधेको भेटिएको छ । घाँटीमा मृतककै टाइले बाँधेको अवस्थामा प्रहरीले शव उत्खनन गरेको थियो । हत्या गरेर करिब ४५ मिनेटमा आरोपीले शव व्यवस्थापन गरेर नजिकै रहेको घरमा फर्केका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण