एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको गोलवर्षा
पेरिस । किलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले पेरिस सेन्ट जर्मेनले मोन्टपेलियरमाथि गोल वर्षा गरेको छ । ६–२ गोल अन्तरले जीत हासिल गर्दै पीएसजी लिग वानको शीर्ष स्थानमा १२ अङ्कले अघि बढेको हो ।
खेलमा भिटिन्हाले पीएसजीलाई अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा एम्बाप्पेले टोलीको अग्रता दोब्बर बनाए । तर अरनाउड नोर्डिन र टेजी साभानियरले गोल गरेपछि मोन्टपेलियर खेलमा फर्कियो ।
दोस्रो हाफको सुरुवातमा गोल गर्दै एम्बाप्पेले पुनः टोलीलाई अग्रता दिलाए । लगत्तै लि कङ–इनले अर्को गोल थपे । ६३ औँ मिनेटमा एम्बाप्पेले ह्याट्रिक पूरा गरे । खेलको अन्त्यमा नुनो मेन्डेसले पीएसजीको गोल सङ्ख्या आधा दर्जन पुर्याए ।
यो सिजन लिगमा एम्बाप्पेले २४ गोल गरेका छन् । उनको यो तेस्रो ह्याट्रिक पनि थियो । २६ खेलबाट पीएसजीको ५९ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको ब्रेस्टको ४७ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण