एक महिनामै सकियो दयाहाङ र मिरुनाको ‘घरज्वाँइ’

काठमाडौंँ । अनिल बुढामगर निर्देशित फिल्म ‘घरज्वाँइ’ को छायाङ्कन सकिएको छ । एक महिनाको नियमित छायाङ्कन पछि फिल्म सकिएको निर्देशक मगरले बताए । फिल्मको छायाङ्कन ४० दिन लाग्ने अनुमान निर्माण युनिटको थियो । कलाकार र मौसमको साथको कारण फिल्म एक महिनामै सहिएको निर्माण युनिटको धारणा रहेको छ ।
गत फागुन ४ गतेदेखि सुरु भएको फिल्मको पुरै छायाङ्कन पूर्वी रुकुमको लुगुम, तक्सेरा लगायतका रमणीय स्थानमा गरिएको छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर लगायत कलाकारको रुपमा छन् ।
जनक घर्ती निर्माता रहेको फिल्म २०८१ को असारमा प्रदर्शन हुनेछ । फिल्मका लेखक अनिल बुढा मगर, विनोद खतिवडा, सुभाष कोइराला हुन् । जि.एम मुभिज प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, हर्क साउद/मनोज थापाको गीत संगीत, रामजी लामिछाने कोरियोग्राफर हुन् ।
आर आर फिल्मसका रोहित÷रत्नको वितरण रहेको फिल्मको अन्तर्ष्ट्रिय अधिकार एमएसएम इन्टरटेन्मेन्ट (अस्ट्रेलिया) ले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म