एक महिनामै सकियो दयाहाङ र मिरुनाको ‘घरज्वाँइ’
काठमाडौंँ । अनिल बुढामगर निर्देशित फिल्म ‘घरज्वाँइ’ को छायाङ्कन सकिएको छ । एक महिनाको नियमित छायाङ्कन पछि फिल्म सकिएको निर्देशक मगरले बताए । फिल्मको छायाङ्कन ४० दिन लाग्ने अनुमान निर्माण युनिटको थियो । कलाकार र मौसमको साथको कारण फिल्म एक महिनामै सहिएको निर्माण युनिटको धारणा रहेको छ ।
गत फागुन ४ गतेदेखि सुरु भएको फिल्मको पुरै छायाङ्कन पूर्वी रुकुमको लुगुम, तक्सेरा लगायतका रमणीय स्थानमा गरिएको छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर लगायत कलाकारको रुपमा छन् ।
जनक घर्ती निर्माता रहेको फिल्म २०८१ को असारमा प्रदर्शन हुनेछ । फिल्मका लेखक अनिल बुढा मगर, विनोद खतिवडा, सुभाष कोइराला हुन् । जि.एम मुभिज प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, हर्क साउद/मनोज थापाको गीत संगीत, रामजी लामिछाने कोरियोग्राफर हुन् ।
आर आर फिल्मसका रोहित÷रत्नको वितरण रहेको फिल्मको अन्तर्ष्ट्रिय अधिकार एमएसएम इन्टरटेन्मेन्ट (अस्ट्रेलिया) ले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण