सहकारी ठगीबारे छानबिन अधिकार सम्पन्न आयोग बनाउन सांसद पोखरेलको माग (भिडियो सहित)
काठमाडौँ । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सहकारी ठगीका सम्बन्धमा छानबिन आयोग बनाउन सांसदको माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सहकारीको रकम अपचलन भएको भनी उठेका विषयहरूको कारण खोजी गर्न सरकारले अधिकार सम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने बताए ।
‘सहकारी आन्दोलनलाई संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाउन पर्छ र जिम्मेवार पूर्वक (दोषी) खोजी गर्नुपर्छ । म सरकारलाई आग्रह गर्न चाहन्छु, तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाऔँ ,’ उनले भने ।
साथै सरकारले सामाजिक सहकारी र दैनिक रकम सङ्कलन गर्ने सहकारी सङ्कलन छुट्टाउनुपर्ने उनले बताए । ‘सम्पत्तिको स्रोत प्रमाणित गरौँ । यी दोस्रो खाले सहकारीले जम्मा गरेको सम्पत्तिको स्रोत के हो ? त्यो कुराको प्रमाणित गर्न लगाऔँ,’ पोखरेलले भने ।
सहकारीका ऋणीहरूको पनि अध्ययन गर्नुपर्ने उनको प्रस्ताव छ । उनी भन्छन्, ‘ऋणीहरू कुन प्रकारका छा सदस्यहरूको बिचबाट बनेका ऋणीहरू हुन् या अन्य क्षेत्रबाट भएका ऋणीहरू हुन् ती ऋणीलाई खोजौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण