शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तराईमा फिल्म नचल्नु फिल्मकर्मीकै गल्ती हो – रवीन्द्र झा

सोमबार, ०५ चैत २०८०, १६ : १०
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । कलाकार रवीन्द्र झाले फिल्मकर्मीको गल्तीले तराई नेपाली फिल्मविहीन बन्दै गएको बताएका छन् । तराईमा नेपाली फिल्म चलायो भने चल्ने उनले बताए ।  

‘फिल्म चल्दैन भनेपनि एक दुई दिन झुन्ड्याइदिनुस् न । पक्कै दुई जान त आउँछ । त्यसले बानी पार्छ’, झाले भने, ‘त्यो दुई जानाले ४ जनालाई फिल्म राम्रो छ भन्छ । ती ४ जना प्रत्येकले ४–४ गर्दा १६ हुन्छ ।’ उनले प्रश्न गरे, ‘ फिल्म नचलाउने चल्दैन भन्न मिल्छ ?’

‘पहिले तराईमा एक दुईवटा फिल्म आउँथ्यो । मलाई ती दिन अहिले पनि याद छ । नेपाली फिल्म हेर्न मारामार हुन्थ्यो’, उनले अगाडि थपे, ‘अहिले फिल्म हरायो । अनि कसरी चल्छ त ।’ अव पहिले तराईका दर्शकलाई नेपाली फिल्म हेर्न बानी पार्नुपर्ने उनको बिचार छ ।

‘जसरी कुनैपनि नयाँ प्रोडक्ट आउँदा फ्रिमा बाँडेर र विभिन्न स्किम चलाएर बानी पारिन्छ’, उनी भन्छन्, ‘त्यसरी बानी पार्न पनि सकिन्छ ।’ नेपाली फिल्ममा तराइको उपस्थिति नहुनुले पनि फिल्म नचलेको उनको बुझाई हो ।

रवीन्द्र पछिल्लो समय फिल्म ‘महाजात्रा’ कारण चर्चामा छन् । यो फिल्ममा उनले तराइको पात्र ‘मुन्ना ठाकुर’को भूमिका निर्वाह गरेका छन् । ‘जात्रा’देखि उनले यो भूमिका निर्वाह गर्दै आएका हुन् ।

सोमबार फिल्म ‘महाजात्रा’को कार्यक्रममा पनि उनले ‘जात्रा’ सिरिजमा तराइको पात्रा पर्नु झुक्किएर परेको बताए । उनले भने, ‘तपाईँका विषयवस्तु लगायत कथामा फिल्म बन्यो भने ताराईमा पनि चल्छ । त्यो मेरो विश्वास हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप