पर्साबाट ६ लाख बढी हुन्डी रकमसहित एक जना पक्राउ
वीरगन्ज । पर्सा प्रहरीले ६ लाख रुपैयाँ हुन्डीको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा वीरगन्ज महानगरपालिका–१६ को दुर्गा हल पछाडिको गल्लीबाट हुन्डीको रकमसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धनुषा गणेशमान चारनाथ नगरपालिका ६ घर भई हाल वीरगन्ज १६ बस्ने ५० वर्षीय रामबाबु साह कलवारलार्ई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बताए । कलवारको झोलाबाट एक हजार दरका ३३५ थान र ५०० दरका ६८२ थान गरी ६ लाख ८२ हजार रुपैयाँ बरामद भएको प्रहरी प्रवक्ता थापाले जनाए ।
उनको साथबाट ५०० दरका भारतीय नोट ५६ थान (भारतीय रुपैयाँ २८ हजार) रुपैयाँ समेत बरामद भएको उनले बताए । कलवारको साथबाट विभिन्न बैंकका चेक बुक १९ थान र मोबाइल फोनसमेत फेला परेको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि बैँक तथा वित्तीय सस्ंथासम्बन्धि ऐन २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण