सत्तारुढ दलले साझा न्यूनतम कार्यक्रम मंगलबार सार्वजनिक गर्ने
सोमबार, ०५ चैत २०८०, १९ : ३८
काठमाडौँ । सत्तारुढ दलहरूले मंगलबार साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भएका छन् ।
गठबन्धन फेरिएर फागुन २१ मा मन्त्रीमण्डल पुनर्गठन भएसँगै सरकारमा पाँच दल सहभागी छन् । नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादीका दुई दुई जना नेता सम्मिलित कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा शीर्ष नेताले अध्ययनपछि सार्वजनिक गर्न लागिएको हो ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट बिहान १० बजे दलहरूका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा पाँचै दलका शीर्ष नेता सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण