बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सत्तारुढ दलले साझा न्यूनतम कार्यक्रम मंगलबार सार्वजनिक गर्ने

सोमबार, ०५ चैत २०८०, १९ : ३८
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । सत्तारुढ दलहरूले मंगलबार साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । 

गठबन्धन फेरिएर फागुन २१ मा मन्त्रीमण्डल पुनर्गठन  भएसँगै सरकारमा पाँच दल सहभागी छन् । नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र  नेकपा एकीकृत समाजवादीका दुई दुई जना नेता सम्मिलित कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा शीर्ष नेताले अध्ययनपछि सार्वजनिक गर्न लागिएको हो । 

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट बिहान १० बजे दलहरूका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा पाँचै दलका शीर्ष नेता सहभागी हुनेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप