कृष्णबहादुर महरा अस्पताल भर्ना
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै उनलाई नर्भिकमा भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महरालाई पक्राउ गरेर उनलाई हिरासतमा राख्न अनुमति माग गर्दै काठमाडौँ जिल्ला अदालत पेस गरेको थियो ।
जिल्ला अदालत काठमाडौँले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको थियो । अदालतमा महराले आफूले विभिन्न ८ प्रकारका औषधि खाँदै आएको र स्वास्थ्य अवस्था ठिक नभएकाले अस्पतालमा बस्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण