सुन जाँचबुझ आयोगमा दीपक मल्होत्राको बयान : 'पटक पटक विवादमा आएपछि पोद्दारसँग साझेदारी छाडेँ'
काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले व्यवसायी दीपक मल्होत्रासँग बयान लिएको खुलेको छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले मल्होत्रालाई सिंहदरबारमा बोलाएर बयान लिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
मल्होत्राले करिब डेढ घण्टा आयोगमा बयान दिएका हुन् । आयोगका पदाधिकारीहरूले मल्होत्रासँग ३३ किलो सुन प्रकरणमा उनको संलग्नताबारे प्रश्न गरेका थिए । ३३ केजी र १४ किलो सुन प्रकरणमा ‘कनेक्सन’ देखिएको विमल पोद्दारबारे मल्होत्राले उनीसँग हाल आफ्नो ‘साझेदारी’ नरहेको जवाफ दिएका छन् ।
सिल्भर सिटी अपार्टमेन्ट र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा यसअघि साझेदार भए पनि अहिले उनीसँग आफ्नो साझेदारी नरहेको मल्होत्राले जिकिर गरेका छन् । मल्होत्राले बयानमा भनेका छन्–‘पटक पटक विवादमा आएपछि पोद्दारसँग साझेदारी तोडेको हुँ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट मंसिर २१ मा बरामद गरिएको सुनमा व्यवसायी विमल पोद्दारको ‘कनेक्सन’ भेटिएको छ । पोद्दार पाँच वर्षअघि एयरपोर्टबाट बाहिरिएको साढे ३३ किलो सुन तस्करीको पनि प्रतिवादी हुन् ।
साढे ३३ किलो सुन तस्करीमा संलग्न आरोपमा पोद्दार २०७५ असार ६ मा पक्राउ परेका थिए । पोद्दार भारतीय नागरिक हुन् । उनि करिब ५ दशकदेखि नेपालमा छन् । न्यूरोडमा पहिले सुन पसल सञ्चालन गरेका पोद्दारले डिल्लीबजारमा सिल्भर सिटी अपार्टमेन्ट निर्माण गर्दा ‘निर्माण व्यवस्थापक’को भूमिका खेलेको साढे ३३ किलो सुनबारे अनुसन्धान गरेका अधिकृतहरू बताउँछन् । डिल्लीबजारमा उनले एड्रेस लाउन्ज पनि सञ्चालन गरेका छन् ।
बयानपछि आयोगले व्यवसायी दीपक मल्होत्रालाई नोटिस (जानकारी)मा राख्न सिफारिस गरेर प्रतिवेदन बुझाएको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण