एकीकृत समाजवादी महाधिवेशनमा केन्द्रित, दस्ताबेज मस्यौदा समितिको बैठक बस्दै
काठमाडौँ । आगामी जेठ पहिलो साता हुने नेकपा (एकीकृत समाजवादी)को दसौँ राष्ट्रिय महाधिवेशनमा पेस गर्ने ‘दस्ताबेज मस्यौदा समिति’को बैठक आजबाट बस्ने भएको छ । चैत ६ गतेदेखि १० गतेसम्म लगातार बैठक बसेर दस्ताबेजलाई अन्तिम रूप दिने तयारी भएको सो पार्टीका नेताहरूले बताएका छन् ।
‘अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको २७ सदस्यीय दस्ताबेज मस्यौदा समितिको बैठक मंगलबार ११ बजेबाट बस्दै छ । यो बैठक लगातार चार दिन बस्छ र मस्यौदालाई अन्तिम रूप दिन्छ’, उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको भनाइ छ ।
फागुन १७ गते बसेको सो पार्टीको सचिवालय बैठकले महाधिवेशनमा समसामयिक राजनीतिक, विधान र संगठानिक विषय समेटेर चार जना नेतालाई फरक फरक विषयमा दस्ताबेज लेख्न जिम्मेवारी दिएको थियो । फरक फरक शीर्षकमा दस्ताबेज लेखिए पनि महाधिवेशनमा सबैलाई समेटेर एउटै मात्र दस्ताबेज प्रस्तुत गर्ने सो पार्टीको निर्णय थियो ।
जसअन्तर्गत अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दस्ताबेज,सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष डा बेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसाललाई सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्नेगरी जिम्मेवारी बाँडफाँड गरिएको थियो ।
चैत १ गते बसेको दस्ताबेज मस्यौदा समितिको बैठकमा नेता झलनाथ खनालको प्रतिवेदन पेस भएको थियो । बाँकी नेताहरूले आजको बैठकमा आआफ्नो प्रतिवेदन पेस गर्ने र त्यसमा मस्यौदा समितिका २७ जनाकै सुझाव समेटेर अन्तिम रूप दिने तयारी भएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण