सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
माओवादी केन्द्र पदाधिकारी बैठक

महराको विषयमा माओवादीले निर्णय लिन सकेन

मङ्गलबार, ०६ चैत २०८०, १० : ०४
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा छलफल भएको छ । यद्यपि छलफल जारी रहेकाले ठोस निर्णय हुन बाँकी रहेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 

सोमबार सुन तस्करी प्रकरणमा पूर्वसभामुख समेत रहेका महरा पक्राउ परेपछि यस विषयमा मंगलबारको बैठकमा विविध कोणबाट बैठकमा छलफल भएको उनको भनाइ छ ।

 ‘उपाध्यक्ष महराको बारेमा धेरै राम्रोसँग छलफल भइरहेको छ। हरेक पाटाबारे गम्भीरतापूर्वक छलफल भइरहेको छ’, उनले भने, ‘बैठकले कुनै निष्कर्ष भने निकालेको छैन ।’

आज प्रधानमन्त्री प्रचण्ड संसदमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले विस्तृतमा छलफल हुन नपाएको भन्दै सापकोटाले अर्को बैठकले यसबारे निर्णय लिने बताए । बैठकमा महरालाई जिम्मेवारीविहीन बनाउने या कसरी जाने भन्नेबारे छलफल केन्द्रित रहेको थियो ।

केही नेताले तत्काल निलम्बन गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए भने केहीले भने अदालतको निर्णय पर्खिनुपर्ने धारणा राखेका थिए । यसबारे अब बस्ने बैठकमा थप छलफल हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप