महराको विषयमा माओवादीले निर्णय लिन सकेन
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा छलफल भएको छ । यद्यपि छलफल जारी रहेकाले ठोस निर्णय हुन बाँकी रहेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
सोमबार सुन तस्करी प्रकरणमा पूर्वसभामुख समेत रहेका महरा पक्राउ परेपछि यस विषयमा मंगलबारको बैठकमा विविध कोणबाट बैठकमा छलफल भएको उनको भनाइ छ ।
‘उपाध्यक्ष महराको बारेमा धेरै राम्रोसँग छलफल भइरहेको छ। हरेक पाटाबारे गम्भीरतापूर्वक छलफल भइरहेको छ’, उनले भने, ‘बैठकले कुनै निष्कर्ष भने निकालेको छैन ।’
आज प्रधानमन्त्री प्रचण्ड संसदमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले विस्तृतमा छलफल हुन नपाएको भन्दै सापकोटाले अर्को बैठकले यसबारे निर्णय लिने बताए । बैठकमा महरालाई जिम्मेवारीविहीन बनाउने या कसरी जाने भन्नेबारे छलफल केन्द्रित रहेको थियो ।
केही नेताले तत्काल निलम्बन गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए भने केहीले भने अदालतको निर्णय पर्खिनुपर्ने धारणा राखेका थिए । यसबारे अब बस्ने बैठकमा थप छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण