सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राखी सावन्तविरुद्ध मानहानिको मुद्दा

बुधबार, ०७ चैत २०८०, ०९ : २१
बुधबार, ०७ चैत २०८०

मुम्बई । पूर्व नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)का अधिकारी समीर वानखेडेले ‘बिग बोस १४’की प्रतियोगी राखी सावन्त र उनका वकिल अली काशिफ खानविरुद्ध मानहानिको मुद्दा दर्ता गराएका छन् । उनले क्षतिपूर्ति रकम ११ लाख रुपैयाँ मागेका छन् ।

यो मामला मुम्बईमा डिन्डोशी सिटी सिविल कोर्ट, मलाडमा दर्ता गरिएको थियो । समीरले उजुरीमा राखी र अलीले उनको इमेज खराब गर्ने र बदनाम बनाउने कोशिस गरेको उल्लेख गरेका छन् ।

यता अलीले भने आफू र राखीमाथि लागेको मानहानिको मुद्दाको बचाउ गरेका छन् । ‘कानुनको व्याख्या छ कि जब जनताको भलाइका लागि सत्य बोलिन्छ, तब कुनै मानहानि हुँदैन । आईपीसीको धारा ४११ मा दोस्रो अपवाद(एक्सेप्शन) ‘पब्लिक कन्डक्ट अफ पब्लिक सर्वोट्स’ छ । 

अर्थात कुनै पब्लिक सर्वेटलाई सार्वजनिक काममा उसको आचरण या क्यारेक्टरका बारेमा नेक नियतले राय दिइन्छ भने त्यो मानहानि होइन’, अलीले भनेका छन् । यो मामलामा अदालतमा विचाराधीन छ । अलीले यो मामलाको खरो जवाफ दिने बताएका छन् । ‘यसको मुखभरी जवाफ दिइनेछ । यदि उसले आफ्नो मामला साबित गर्छ भने उसलाई ११ दशमलव ०१ लाख रुपैयाँ दिनेछु’, अलीले भनेका छन् । यस विषयमा राखीले भने कुनै प्रतिक्रिया दिएकी छैनन् ।

शाहरुख खानका छोरा आर्यन खानलाई एनसीबीले लागुऔषध मामलामा पक्राउ गर्दा राखीले आर्यनको समर्थन गरेकी थिइन् । उनले कैयौं भिडियोमा आर्यन निर्दोष रहेको बताएकी थिइन् । ‘यदि तपाईंहरु सिंह हो भने सिंहसँग लड्नुहोस् । स्याल बनेर बच्चाको शिकार नगर’, राखीले भनेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप