भिलेन नभेटिएपछि डन ३ को सुटिङ सर्यो
नयाँ दिल्ली । डन ३ को सुटिङ शेड्यूलमा हेरफेर भएको छ । स्रोतहरूलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूमा छापिएका समाचार अनुसार फिल्मको छायाङ्कन २०२४ को अन्त्यतिर मात्र सुरु हुनेछ । फिल्मको सुटिङको शेड्यूल पछाडि धकेलिनुको कारण निर्देशक फरहान अख्तरले अझै पनि फिल्मका खलनायक नभेट्टाउनु भएको बताइएको छ । ढिलाइको अर्को कारण भने रणवीर सिंह हुन् । सेप्टेम्बरमा रणवीरकी पत्नी अभिनेत्री दीपिका पादुकोण आमा बन्दै छिन् ।
गएको वर्ष अगस्टमा फरहान अख्तरले फिल्म डन ३ मा शाहरुख खानको स्थानमा रणवीर सिंहलाई कास्ट गरेको घोषण गरेका थिए । यो खबरले निकै सनसनी मच्चाएको छ । फिल्ममा अभिनेत्री कियारा आडवाणीको नाम पनि फाइनल भएको छ । टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार हालै फरहानले एक अन्तर्वार्तामा आफू नयाँ फिल्मको सुटिङ जुलाईमा सुरु गर्ने बताएका छन् । यो फिल्ममा उनको मुख्य भूमिका छ । यस्तो अवस्थामा उनले यसतर्फ मात्रै ध्यान दिनेछन् ।
‘डन ३’निकट स्रोतका अनुसार निर्माताले फिल्ममा खलनायकको भूमिकामा कसलाई खेलाउने भन्नेबारे सोच विचार गरिरहेका छन् । इमरान हाशमीको नाम खलनायकको रुपमा बाहिरिएको भएपनि उनले केहि समय अगाडि यसलाई अफवाह भनेका थिए । यी सबै कारणले अगस्टमा सुटिङ सुरु गर्न गाह्रो हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण