प्रधानमन्त्रीप्रति बस्नेतको टिप्पणी: ‘खुट्टा उचाल्दा सन्तुलन मिलेन भने कम्मर भाँचिन्छ’

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई फुटबल ठानेको आरोप लगाएका छन् । बुधवारको राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिका छलफलमा बोल्दै बस्नेतले प्रधानमन्त्रीले आफूलाई स्ट्राइकर ठानेर उथलपुथल गर्ने लगायतका अभिव्यक्ति दिने गरेको भन्दै आपत्ति समेत जनाएका हुने ।
उनले स्ट्राइकर कहलिएका मेसी र रोनाल्डो पनि पेनाल्टीमा चुकेको उदाहरण दिँदै उनले प्रधानमन्त्री दाहाललाई खुट्टा उचाल्ने काममा सन्तुलन नमिल्दा पैताला चिप्लिएर कम्मर भाँचिने जोखिम हुने भन्दै चेतावनी दिए । उहाँले प्रधानमन्त्रीले धेरै खुट्टा उचाल्छु, उथलपुथल गर्छु, नभन्नुभएको भए पदीय गरिमा जोगिने बताए ।
उनले भने, ‘यस नयाँ मन्त्रीपरिषद्ले जनतामा देखिएको निराशा र बादलहरू हटाएर आशाका किरणहरू छर्नेछन् भन्ने कुरामा हामी पनि विश्वास गर्दछौँ । यो विश्वास मेरो मात्र नभई देश र विदेशमा रहनुभएका ३ करोड नेपालीहरूको हो । यति हेक्का राख्नुहोस्, यस विश्वास र रातारात गठबन्धन भत्काएर उथलपुथल ल्याउने भाषण गरेजस्तो हुँदैन । सम्माननीय प्रधानमन्त्रीज्यूले रुखको छहारीको जाडो लाग्यो भन्दै घाम तापेर घण्टी बजाउन सुरु गर्नुभएको छ । सम्माननीयज्यूले बोकेर हिँड्नुभएको घण्टी नयाँ छ, घाममा बसेर बजाउनु होला । घाममा बसेर बजाउन खोज्नुभएको त्यो घण्टी बलियो गरी बजोस् । भ्रष्टाचारीको कानमा बजोस् । सुशासनको पक्षमा बजोस् । संविधान र लोकतन्त्रको रक्षाका लागि बजोस् । प्रधानमन्त्रीज्यूले देश र जनतालाई फुटबल सम्झिनुभएको भन्ने म दोधारमा परेको छु । स्ट्राइकर कहलिएका मेसी र रोनाल्डो पनि पेनाल्टीमा चुकेको हामीले देखेका छौँ । प्रधानमन्त्रीज्यूले धेरै खुट्टा उचाल्छु, उथलपुथल गर्छु, नभन्नुभएको भए पदीय गरिमा जोगिन्थ्यो होला । कहिले कहीँ खुट्टा उचाल्ने काममा सन्तुलन नमिल्दा पैताला चिप्लिएर कम्मर भाँचिने जोखिम पनि हुन्छ । आफूलाई स्ट्राइकर सम्झिनुभएको छ, यो नबिर्सिनुहोला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्षधरता वा झस्केलाबाट योजना जान्छन् भन्ने विषय समाप्त गरियो : मुख्यमन्त्री कँडेल
-
भारत र पाकिस्तानबिच बढ्दो तनावले सेयर बजारमा गिरावट
-
भारतको प्रश्न : ‘आतंककारीहरूको अन्त्येष्टिमा पाकिस्तानी सेना के गरिरहेको थियो ?’
-
सरकारी उद्योगको निजीकरण विरुद्ध हेटौँडामा माओवादी केन्द्रको प्रदर्शन
-
लुम्बिनीमा प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम प्रोफाइल सार्वजनिक
-
नरसिंहा अवतारको ट्रेलर रिलिज, तस्बिरहरू