बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेपाल सांस्कृतिक महासङ्घको बागमती प्रदेश समिति गठन

बुधबार, ०७ चैत २०८०, २० : ३२
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । नेपाल सांस्कृतिक महासङ्घको बागमती प्रदेश समिति गठन भएको छ । बुधबार नेपाल सांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष तीर्थ बहादुर थापा, केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक अर्जुन गिरी लगायतको उपस्थितिमा राजेन्द्र खत्रीको अध्यक्षतामा १८ सदस्य बागमती समिति गठन भएको हो ।

समितिको सचिवमा चेतबहादुर सिंह र प्रभाकर देव शर्मा रहेका छन् भने सदस्यमा महेश प्रकाश हाडा,  रामकाजी घिमिरे, सारदादेवी सिल्वाल, प्रतिमा अर्याल, इन्दिरा वाइबा, सुजन रेग्मी, नयन सोडारी, सुनिल पुरी, रामकुमार महत, राजेन्द्र रिजाल, विजय कार्की  सिता तामाङ, चन्द्र प्रचा, सन्तोषी केसी, सिताराम माक रहेका छन् ।

सांस्कृतिक महासङ्घ नेपाली कांग्रेसको सुभेच्छु संस्था हो । पार्टीले नेपाली सांस्कृतिक सङ्घलाई नै सांस्कृतिक महासङ्घ बनाएको हो । सांस्कृतिक सङ्घका सभापति तीर्थ थापालाई नै पार्टीले ६ महिना भित्र महाधिवेशन गराउने अधिकारसहित महासङ्घको अध्यक्षको जिम्मेवारी दिएको छ ।

महासङ्घको देशभर प्रदेश समिति, जिल्ला समिति लगायतको विभिन्न समिति गठन गर्ने केन्द्रीय कार्यसमितिको निर्णय अनुसार बागमती कार्यसमिति गठन भएको केन्द्रीय सदस्य अर्जुन गिरीले बताए ।

n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप