स्व. कोइरालाको १४ औँ स्मृति दिवको अवसरमा माइतीघरमा दीप प्रज्वलन
काठमाडौँ । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवसको अवसरमा राजधानीको माइतीघरमा दीप प्रज्वलन गरिएको छ । बुधबार साँझ आयोजित उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य बलबहादुर केसीले राजनीतिक दलहरुमा देखिएको विकृतिलाई समयमै हटाउन नसके देशको अस्तित्वमा संकट आउने बताए । उनले संसद्मा सडकदेखि सदनसम्म र हरेक पार्टीहरुमा विकृति देखिरहेको बताए ।
उनले भने, ‘यो देशमा जुन किसिमको परिस्थिति निर्माण भएको छ । संसद्मा सडकदेखि सदनसम्म र हरेक पार्टीहरुमा विकृति देखिरहेको छ । त्यसलाई सम्हाल्न सकने र ठिक ढंगले अघि लैजान सकेनौँ भने देशको अस्तित्वमै समस्या र संकट आउने स्थिति छ ।’
उनले गिरिजाप्रसाद कोइरालाको पथलाई पछ्याउन सकेमात्रै नेपाली काँग्रेसले देशको राजनीतिलाई सम्हाल्न सक्ने बताए । उनले देशमा विभिन्न खाले समस्या समाधान गर्न युवा पिढीले नेतृत्व गर्ने समय आएको बताए ।
यसैगरी नेता प्रदीप पौडेलले नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाकै नेतृत्वका कारण नेपालमा गणतन्त्र आएको बताए । उनले गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिमा निर्भिक, सशक्त र निडर नेताका रुपमा बताए ।
उनले भने, ‘गिरिजाप्रसाद कोईराला नेपाली राजनीतिमा निर्भिक, सशक्त र निडर नेता हुनुहुन्थ्यो । गिरिजाप्रसाद कोईरालाको नेतृत्व नेपाली राजनीतिमा नभएको भए नेपालमा आज गणतन्त्र आउँदैन थियो । त्यो बेलाको हिंसा अन्त्य हुने स्थिति पनि बन्दैन थियो । गिरिजाप्रसदको नेतृत्वमा शान्ति प्रक्रियाको स्थिति अघि बढेको हो । गिरिजाप्रसाद कोइराला देशलाई निकास दिने नेपालमा भएका हिंसा अन्त्य गर्ने शाहस उहाँको उदाहरणीय छ ।’
तरुण दल केन्द्रीय सदस्य निरन्जन थापाको संयोजकत्वमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अजय बाबु शिवाकोटी, सांसद प्रकाश स्नेही रसाइलीलगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण