शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
आयात

आठ महिनामा ३२ अर्बको खाद्यान्न भित्रियो

१५ अर्ब रुपैयाँको धान र चामल आयात
बिहीबार, ०८ चैत २०८०, ०६ : २६
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०-०८१ को आठ महिनामा ३२ अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनाको अवधिमा ३२ अर्ब २९ करोड ९ लाख ६९ हजार रुपैयाँ बराबरको ६९ करोड ७१ लाख ९८ हजार ८६४ किलोको खाद्यान्न आयात भएको हो । 

सो अवधिमा ७४ लाख ८० हजार रुपैयाँ खाद्यान्न मात्रै नेपालले निर्यात गर्न सकेको छ । यस्तै, नेपालले खाद्यान्नमा ३२ अर्ब २८ करोड ३४ लाख ८९ हजार रुपैयाँ व्यापार घाटा बेहोरेको छ । यस्तै सो कारोबारबाट सरकारले २ अर्ब ६ करोड २६ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

कुन खाद्यान्नको कति आयात ?
नेपालमा धान, चामल, गहुँ, मकै, फापर, जौँ, कोदो लगायत विभिन्न खाद्यान्न वस्तु आयात हुन्छ । यी वस्तु भारत, चीन, मेक्सिको, जर्मनी लगायत विभिन्न मुलुकबाट आयात गरिन्छ । 

चालु आर्थिक वर्षको आठ महिनामा २० करोड ७९ लाख २ हजार १६० किलो मकै आयात हुँदा ९ अर्ब २ करोड ७५ लाख ५४ हजार रुपैयाँ बाहिरिएको छ । भारत, अर्जेन्टिना, थाइल्यान्ड, ब्राजिल, चीन, टर्कीबाट सो मकै आयात भएको विभागको तथ्याङ्क छ ।  

नेपालले आठ महिनामा १८ करोड ६१ लाख ७४ हजार ३३६ किलो गहुँ र जौँ आयात गरेको छ । सोबाट ७ अर्ब ५८ करोड ७ लाख २७ हजार रुपैयाँ खर्च भएको विभागको तथ्याङ्कमा उल्लेख छ । गहुँ र जौँ भारत, मेक्सिको, जर्मनीबाट आयात भएको हो । 

यस्तै, चालु आर्थिक वर्षको आठ महिनामा २० करोड ७९ लाख २ हजार १६० किलो मकै आयात हुँदा ९ अर्ब २ करोड ७५ लाख ५४ हजार रुपैयाँ बाहिरिएको छ । भारत, अर्जेन्टिना, थाइल्यान्ड, ब्राजिल, चीन, टर्कीबाट सो मकै आयात भएको विभागको तथ्याङ्क छ ।  

यस्तै, यही अवधिमा २९ करोड ५ लाख ६ हजार २०४ किलो धान र चामल आयात भएको छ । १५ अर्ब ४ करोड ५१ लाख २ हजार रुपैयाँको सो धान र चामल आयात भएको हो । नेपालमा चीन, भारत, थाइल्याण्ड, इन्डोनेसिया, नामिबियाबाट धान र चामल आयात हुन्छ । 

यस्तै, फापर, कोदो लगायत विभिन्न अन्न १ करोड २६ लाख १६ हजार १६४ किलो आयात भएको छ । सोबाट ६३ करोड ७५ लाख ८६ हजार रुपैयाँ बाहिरिएको छ । यो अन्न भारत, जापान, अस्ट्रेलिया लगायत मुलुकबाट आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

सबैभन्दा बढी धान र चामल आयात 

चालु आर्थिक वर्षमा खाद्यान्नमा सबैभन्दा बढी धान र चामल आयात भएको छ । चीन र भारतबाट ८ अर्ब ६४ करोड ८८ लाख ८९ हजार रुपैयाँ बराबरको २२ करोड ८३ लाख ६० हजार ३६५ किलो धान आयात भएको छ । 

यस्तै, २ अर्ब १५ करोड ८७ लाख ६९ हजार रुपैयाँको २ करोड ९० लाख ४८ हजार ५५९ किलो पोलिस चामल आयात भएको छ । नामिबिया, थाइल्याण्ड, इन्डोनेसिया, भारत, चीनबाट पोलिस चामल ल्याइएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

आठ महिनामा २२ हजार ९९१ किलो कनिका पनि आयात भएको छ । सो बराबर १२ लाख ३० हजार रुपैयाँ बाहिरिएको छ । 

यस्तै, चालु आर्थिक वर्षमा ३ करोड ३० लाख ७४ हजार २९० किलो बासमती चामल आयात भएको छ । सो बापत ४ अर्ब २३ करोड ६२ लाख १३ हजार रुपैयाँ बाहिरिएको छ । चीन, भारत, इन्डोनेसिया, इटाली, जापान, थाइल्याण्ड, लगायत मुलुकबाट सो चामल आयात भएको विभागको तथ्याङ्क छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप