बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

३१ दिनमा सकियो ‘मोदीबेनी’को छायाङ्कन

बिहीबार, ०८ चैत २०८०, १३ : ५८
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । फिल्म ‘मोदीबेनी’को छायाङ्कन सकिएको छ । बुधवार पर्वत जिल्लाको फलेवासमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता प्रवीन खतिवडाको अन्तिम दृश्य खिच्दै फिल्म प्याकअप भएको हो । ३१ दिनमा फिल्मको छायाङ्कन सकिएको फिल्मका कलाकार कमल मनी नेपालले बताए ।

पहिलो चरणको छायाङ्कन काभ्रेको भकुन्डेमा गरे पनि निर्माण युनिट पर्वतको मोदी गाउँपालिकाको चित्रे पुगेको थियो । त्यसपछि कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा छायाङ्कन भएको हो ।

फिल्मको कथा पर्वत जिल्लाको मोदीबेनीकै हो । फिल्ममा अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, वर्षा सिवाकोटी, स्नेहा भट्टराई लगायतको अभिनय छ । 

डिनेस्ट इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा आनन्द विक्रम क्षेत्रीको लेखन, दिलीप केसीको निर्माण, हरि श्रेष्ठको सह–निर्माण, उत्सव दाहालको डीओपी छ ।

फिल्मका निर्देशक शङ्कर कोइराला हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप