भन्सारमा सेटिङ चल्छ भन्थे, साँच्चै हो रहेछ : सभापति चालिसे
काठमाडौँ । अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्सार विन्दुमा सेटिङमा काम हुने गरेको आफैले अनुभव गरेको बताएका छन् । बिहीबार अर्थ समितिको छलफलमा उठेको राजस्व चुहावटको सन्दर्भमा थप प्रस्ट पार्दै सभापति चालिसेले आफैले अनुभव गरेको बताउँदै भन्सार चुहावट नियन्त्रण गर्न विशेष कदम चाल्न अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरे ।
‘भन्सारमा सेटिङ चल्छ, कर्मचारीहरूले घुस खान्छन् भन्थे साँच्चै हो रहेछ’, सभापति चालिसेले भने, ‘म आफैले त्यसको राम्रो अनुभव गरे ।’ भन्सार अनुगमन गर्न गएको बेला खर्बौँको मालवस्तु भन्सार विन्दुमा थुप्रिएको देखेको तर, राजस्व छलीका मालवस्तु भने भटाभट आँखै अगाडि पास भइरहेको आफूले देखेको उनले सुनाए ।
‘जो कोही भन्सारमा गएर एकछिन मात्र हेर्ने हो भने सजिलै देख्न सकिन्छ । राष्ट्र सेवक कर्मचारीहरूबाटै यस खालको गम्भीर धोका हुन्छ भने कसको विश्वास गर्ने ?’ उनले भने ।
भन्सार क्षेत्रमा ४० प्रतिशत पनि राजस्व उठ्न नसकिरहेको तर ३० देखि ४० प्रतिशत भन्सार छली भइरहेकोतर्फ ध्यानाकर्षण गर्दै सभापति चालिसेले अर्थमन्त्री पुनलाई भन्सार चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गरे ।
प्रतिउत्तरमा मन्त्री पुनले भन्सार छली र चुहावटको क्षेत्र हेर्नेगरी सरकारले विशेष टिम तयार गरिसकेको बताउँदै केही दिन भित्रै फिल्डमै गएर अनुगमन गर्ने बताए ।
‘प्रधानमन्त्रीको विशेष निर्देशमा अर्थ मन्त्रालयले विशेष टोली तयार गरिसकेको छ । केही दिनभित्रै यसले काम गर्छ’, मन्त्री पुनले भने, ‘यसको रिजल्ट अर्को महिनामा नै राजस्वमा देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण