कान्दाहारको बैंकमा आत्मघाती आक्रमण, कम्तीमा २१ जनाको मृत्यु
काबुल । अफगानिस्तानको दक्षिणी भागमा पर्ने कान्दाहारमा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । स्थानीय अस्पतालमा उपस्थित एक चिकित्सकले बीबीसीलाई यो जानकारी दिएका हुन् ।
यता तालिबान सरकारले मृत्यु हुनेको सङ्ख्या तीन जना भएको जानकारी दिएको छ । बाँकी घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार बिहान ८ बजे कान्दाहारको एक बैंकमा यो आत्मघाती हमला भएको तालिबानले जनाएको छ ।
हालसम्म कुनै पनि संगठनले यस आक्रमणको जिम्मेवारी लिएको छैन। यो अफगानिस्तानमा यस वर्षको सबैभन्दा ठुलो आक्रमण मानिएको छ।
अफगानिस्तानका सरकारी कर्मचारी तलब लिन लाइनमा उभिएका बैंकको शाखामा विस्फोट भएको हो । मृत्यु हुनेहरू बाहेक करिब ५० जना घाइतेहरूलाई नजिकैको मिरवाइज अस्पतालमा लगिएको थियो। यो अस्पताल यस क्षेत्रमा सबैभन्दा ठुलो हो।
कान्दाहार तालिवानको केन्द्र मानिन्छ। यो तालिवानका धेरै सर्वोच्च कमाण्डरहरूको लुक्ने ठाउँ हो।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण