चुनावको मुखमा समातिए केजरीवाल, के होला आपको हविगत ?
नयाँ दिल्ली । रक्सी घोटाला मामिलामा बिहीबार प्रवर्तन निदेशालयले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । केजरीवालले गएको रात पूरै ईडीको मुख्यालयमा बिताए । ईडीसमक्ष पेश हुने मामिलामा दिल्ली हाई कोर्टले केजरीवाललाई अन्तरिम राहत नदिने फैसला गरेको केही घण्टामै केजरीवाल पक्राउ परेका थिए ।
यो घोटालामा केजरीवाललाई ईडीले सोधपुछका लागि ९ पटक सम्म बोलाएको थियो । तर उनी अटेरी भएर बसिरहे । मदिरा नीति घोटाला मामिलामा आम आदमी पार्टीका अहिलेसम्म चार शीर्ष नेतालाई ईडीले समातिसकेको छ । यस अघि सत्येन्द्र जैन, मनीष सिसोदिया, संजय सिंह पक्राउ परेका थिए । अहिले केजरीवाल पनि समातिएपछि आपमा नयाँ नेतृत्व खडा गर्नै मुस्किल भएको छ ।
भारतमा आगामी महिना लोकसभाको निर्वाचन हुँदैछ । यो निर्वाच्नमा २३ सिटमा आपले आफ्नो उम्मेदवार उठाएको छ । यस्तोमा पार्टीसामु ठूलो राजनीतिक सङ्कट खडा भएको छ । आपले दिल्ली, पञ्जाब, हरियाण, गुजरात र असममा आफ्नो उम्मेदवार उठाएको छ ।
यस पटकको लोकसभा चुनावमा इन्डिया ब्लकमा आप महत्त्वपूर्ण हिस्सेदार हो । तर केजरीवाल पक्राउ परेपछि दलको रणनीति देखि प्रचारमा समेत स्टार प्रचारक उपस्थित नरहने अनि सारा चुनावी अभियानमा ग्रहण लाग्ने सम्भावना बढेको छ । पार्टीले यतिबेला लोकसभाको साथसाथै विधानसभाको चुनावको पनि तयारी गरिरहेको थियो । यसमाथि पनि सङ्कट मडारिएको छ । मनीष सिसोदियाले एक वर्ष देखि जमानत पाएका छैनन् । केजवरीवालसँग पनि यस्तै भयो भने दिल्लीको विधानसभा निर्वाचनबाट उनी टाढिन सक्नेछन् ।
केजरीवालले जेलबाट सरकार चलाउने आपले बताएको छ । केही महिना अघि दलले एउटा अभियान लञ्च गरेको थियो । यसमा केजरीवाल पक्राउ परेभने जेलबाटै सरकार चलाउन हुन्छ कि हुन्न भनेर जनतासँग राय मागिएको थियो । यसमा जनताले केजरीवाललाई समर्थन गरेका थिए । अदालतले मञ्जुरी दियो भने चाँहि उनले जेलबाटै मन्त्री परिषद्को बैठक बोलाउन र दस्तावेजहरुमा हस्ताक्षर गर्न सक्नेछन् । सम्भावनाकै कुरा गर्ने हो भने युनियन टेरिटरी भएकोले दिल्लीका उपराज्यपालको सिफारिसमा राष्ट्रपतिले केजरीवाललाई पदमुक्त गर्न पनि सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण