डिपफेकको सिकार भइन् इटालीकी प्रधानमन्त्री मेलोनी
रोम । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी डिपफेकको सिकार भएकी छन् । डिपफेक पोर्न भिडियो बनाएर अनलाइनमा पोस्ट गरेका आरोपीसँग उनले एक लाख युरो क्षतिपूर्ति माग गरेकी छन् ।
दुई व्यक्तिले मेलोनीको अनुहार वयस्क फिल्म स्टारको अनुहारमा हालेर अमेरिकी पोर्न वेबसाइटमा अपलोड गरेको दाबी गरिएको छ । आरोपी बाबु र छोरा भएको बताइएको छ । छोराको उमेर ४० वर्ष र बाबुको उमेर ७३ वर्ष रहेको छ ।
उनीहरुले मेलोनीको अश्लील भिडियो बनाएको बताइएको छ । मेलोनीले दुवै आरोपी विरुद्ध मानहानिको मुद्दा दायर गरेकी छन् ।
दुवै आरोपीलाई पक्राउ गरिएको छ । सो भिडियो सन् २०२२ मा मेलोनी इटलीको प्रधानमन्त्री बन्नु अघिको हो ।
उक्त भिडियो अहिलेसम्म लाखौं पटक हेरिएको छ । यो मामिलामा मेलोनीले जुलाई २ मा सासरी अदालतमा बयान दिने बताइएको छ ।
क्षतिपूर्तिको रकम मेलोनीले दान गर्ने
क्षतिपूर्तिको माग गर्नु प्रतिकात्मक कारबाही भएको प्रधानमन्त्री मेलोनीको कानूनी टोलीले बताएको छ । मेलोनीले क्षतिपूर्तिको सम्पूर्ण रकम हिंसा पीडित महिलाहरूको सहयोगमा दान गर्ने बताइएको छ ।
क्षतिपूर्तिको माग हिंसाको सिकार भएका अन्य महिलालाई पनि सन्देश भएको मेलोनीका वकिल मारिया जिउलिया मारोन्ग्युको भनाइ छ । हिंसाको सिकार भएका महिलाले आवाज उठाउन डराउन नहुने मेलोनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण