मकवानपुरमा ज्वरोका बिरामी बढे
मकवानपुर । थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थाहा नगरपालिकाअन्तर्गतका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ६० देखि ७५ जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।
कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले उपचारका लागि आउने ज्वरोका बिरामीमध्ये दैनिक १२ देखि १७ जनासम्म स्वास्थ्य संस्थामै भर्ना गरी उपचार गरिरहेका जानकारी दिए । ज्वरोका केही बिरामीलाई थप उपचारका लागि हेटौँडा अस्पताल र चितवनका अस्पतालमा पठाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
हेटौँडा अस्पतालको आकस्मिक र बहिरङ्ग कक्षमा दैनिक ६५ देखि ७४ जनासम्म ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । हेटौँडा अस्पतालका चिकित्सक रामचन्द्र सापकोटाका अनुसार ती बिरामीमध्ये दैनिक २० देखि ३० जनालाई भर्ना गरी उपचार गरिएको छ ।
जिल्लाभित्र डेङ्गुको सङ्क्रमण र भाइरल ज्वरो लगायत सङ्क्रमणलाई नियन्त्रण गर्न आवश्यक जनशक्ति सतर्क अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मणप्रसाद घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण