नेपालमा लगानी बढाउन महासंघ अध्यक्ष ढकालले गरे विदेशीलाई आह्वान
लुम्बिनी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । अवैतनिक कन्सुलर कर्प्स नेपाल एसोसिएसनले आयोजना गरेको ‘लुम्बिनी कन्क्लेभ’लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन आग्रह गरेका हुन् ।
उनले शान्ति र समृद्धिबिचको गहिरो सम्बन्धलाई आत्मसाथ गर्न लगानीकर्ता तथा कूटनीतिक समुदायलाई आग्रह गरेका हुन् । ‘शान्तिले आवश्यक स्थिरता प्रदान गर्दछ, शान्तिको अवस्थामा व्यवसाय तथा उद्यमहरू डर बिना स्वतन्त्रपूर्वक सञ्चालन हुँदा लगानी, उद्यमशीलता, र आर्थिक वृद्धिका लागि सबैभन्दा राम्रो वातावरण बन्छ,’ उनले भने ।
अध्यक्ष ढकालले आउँदो नेपाल लगानी सम्मेलनमा बढी भन्दा बढी लगानीकर्ताहरूलाई सहभागी गराई लगानी जुटाउन पनि कूटनीतिक समुदायलाई आग्रह गरे । आध्यात्मिक तथा साहसिक पर्यटन, जलविद्युत तथा स्वच्छ ऊर्जा, कृषि प्रशोधन र सूचना प्रविधिका क्षेत्रमा बाह्य लगानीका लागि उदार नीति तथा लगानीमैत्री वातावरण बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गरिरहेकाले पनि आश्वस्त रहन पनि अध्यक्ष ढकालले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण