सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आकाशमा होस्, पातालमा होस्, जिबी राईलाई समातेर ल्याउँछौँ : गृहमन्त्री लामिछाने

शनिबार, १० चैत २०८०, १७ : ३८
शनिबार, १० चैत २०८०

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जिबी राई जहाँ भएपनि समातेर ल्याउने प्रतिबद्धता जनाएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले आकाश, पाताल जहाँ भएपनि जिबी राईलाई समातेर ल्याउने बताएका हुन् । 

उनले जिबी राईले गरेका हरेक कामसँग आफ्नो नाम जोडिएकोमा आपत्ति जनाए । आफूले ग्यालेक्सी टिभीमा काम गरुन्जेल सम्बन्ध रहेपछि टिभी छोडेपछि सम्बन्ध सकिएको बताए । उनले सहकारीबाट पैसा लिएका व्यक्तिको ब्याज सहित फिर्ता नगरासम्म आफूले राजनीतिबाट विश्राम नलिने दाबी गरे । जो जहाँ, देश वा विदेशमा लुके पनि समातेर ल्याउने लामिछानेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप