आकाशमा होस्, पातालमा होस्, जिबी राईलाई समातेर ल्याउँछौँ : गृहमन्त्री लामिछाने
शनिबार, १० चैत २०८०, १७ : ३८
१
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जिबी राई जहाँ भएपनि समातेर ल्याउने प्रतिबद्धता जनाएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले आकाश, पाताल जहाँ भएपनि जिबी राईलाई समातेर ल्याउने बताएका हुन् ।
उनले जिबी राईले गरेका हरेक कामसँग आफ्नो नाम जोडिएकोमा आपत्ति जनाए । आफूले ग्यालेक्सी टिभीमा काम गरुन्जेल सम्बन्ध रहेपछि टिभी छोडेपछि सम्बन्ध सकिएको बताए । उनले सहकारीबाट पैसा लिएका व्यक्तिको ब्याज सहित फिर्ता नगरासम्म आफूले राजनीतिबाट विश्राम नलिने दाबी गरे । जो जहाँ, देश वा विदेशमा लुके पनि समातेर ल्याउने लामिछानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण