प्रचण्डले धोका दिए, रहस्य बिस्तारै खुल्दै जान्छ : उपसभापति खड्का

पोखरा । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धोका दिएर नयाँ गठबन्धन बनाएको आरोप लगाएका छन् । पोखरामा भएको लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ गण्डकीको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रचण्डको धोकाले कांग्रेसको अभियानलाई अझै प्रभावकारी बनाउन सहयोग मिलेको बताए ।
‘प्रचण्डजीले धोका दिएर गठबन्धन भत्काउनुभएको छ । यसका रहस्यहरू बिस्तारै खुल्दै जानेछन् । आज म धेरै कुरा भन्न चाहन्नँ,’ उनले भने, ‘यसबाट कांग्रेस अब्बल भएर अभियानहरू चलाउने परिवेशको निर्माण भएको छ । आगामी दिनहरूमा अहिलेको भन्दा बलियो पार्टी बनाउन सहयोग मिल्नेछ ।’
उनले आफूहरू सरकारमा रहँदा सङ्घीयतालाई मजबुत बनाउने कानुनहरू निर्माण गरेर संसद्मा लगेको दाबी गरे । उनले भ्रातृ सङ्गठनहरूले कांग्रेसको अभियानलाई तीव्रताका साथ जनस्तरमा पुर्याउनुपर्ने बताए । यस्तै, जनप्रतिनिधिहरूले जनतामा आशा जगाउने गरी काम गर्नुपर्ने उनको भनाई छ । पोखराको सभागृहमा अधिवेशन सुरु हुनु पूर्व चिप्लेढुंगाको मानवअधिकार चोकबाट सांस्कृतिक र्याली निकालिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव