सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
यस्तो रह्यो कलाकारको होली (तस्बिरसहित)
पर्व

यस्तो रह्यो कलाकारको होली (तस्बिरसहित)

आइतबार, ११ चैत २०८०

काठमाडौँ । रङ्गहरूको पर्व होली आज (आइतबार) देशको पहाडी जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइएको छ । हिन्दुहरूको प्रमुख चाड मध्येको एक होली त्रेता युगमा भगवान् विष्णुका परमभक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ ।

हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भीष्म पार्न लाग्दा उनी आफैँ आगोमा भीष्म भएकी थिइन् र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ । होलीको दिन मानिसहरू एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू दलेर रमाउने गरेका छन् । हाम्रा कलाकारले पनि होली परिवार, साथीभाइदेखि सर्वसाधारणसम्म खेल्दै मनाएका छन् । 

अभिनेता राजेश हमाल, अभिनेत्री मनीषा कोइराला र निर्देशक दिनेश डिसीले अस्ट्रेलियाको सिड्नीमा होली खेलेका छन् । यी तीनै होली कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका थिए ।

अभिनेता बिराज भट्टले पनि परिवारसँग होली मनाएका छन् । अभिनेत्री पूजा शर्माले पूजा शर्माले आफ्नो झम्सिखेलमा रहेको ट्याग रेस्टुरेन्टमा होली खेलेकी छन् । सोही कार्यक्रममा कलाकार तथा वितरक करण श्रेष्ठ पनि सहभागी थिए ।

त्यस्तै, कलाकार मदनकृष्ण श्रेष्ठले परिवारसँग होली मनाएका छन् । अभिनेत्री प्रियंका कार्की, साम्राज्ञी राज्य लक्ष्मी शाह लगायतले लैनचौरमास्थित होटल मल्लमा आयोजना भएको होली कार्यक्रममा होली खेलेका छन् ।

निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्म डिग्रीमाइला युनिटसँग होली खेलेका छन् । प्रदर्शनरत फिल्म महाजात्रा युनिटले हलहरूमा पुगेर दर्शकसँग होली खेलेका छन् । त्यसरी पुग्नेमा कलाकार विपिन कार्की, रवीन्द्र सिंह बानिया, रवीन्द्र झा लगायत रहेका छन् ।

गायिका शान्तीश्री परियार र गायिका बिन्द्र परियाले घरमै होली खेलेका छन् । अभिनेता सरोज खनालले फिल्म ‘मोदिबेनी’ युनिटसँग होली खेलेका छन् । धेरै जसो कलाकार होली खेलेको तस्बिर सामाजिक संजालमा समेत राखेका छन् ।

तस्बिर : सामाजिक सञ्जाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया