इलाम कारागारका कैदीबन्दीले सामूहिक मनाए होली
आइतबार, ११ चैत २०८०, २१ : ४३
फिक्कल । इलाम सदरमुकामस्थित इलाम कारागारका कैदीबन्दीले होली पर्व मनाएका छन् । कारागारभित्र रहेका एक सय ५० कैदीबन्दीले एकले अर्कालाई रङ्ग दलेर सामूहिक रुपमा होली पर्व मनाएका हुन् ।
कारागार कार्यालयका प्रमुख प्रमुख गौरव ढुङ्गेल, चौकीदार र नाइकेहरुले कारागारभित्र रहेका कैदीबन्दीलाई रङ्ग तथा अबिर लगाइदिएका थिए । मानसिक अस्वस्थताबाट मुक्तिका लागि कारगारभित्र होली पर्व मनाइएको कारागार प्रमुख ढुङ्गेलले बताए ।
“जेलजीवन बिताइरहेका कैदीबन्दीका साथ रङ्ग अबिर साटासाट गरी होली पर्व मनाइएको छ,” उनले भने, “आफूले पाएको सजायकै कारण मानसिक रुपमा अस्वस्थ भएकालाई सहभागी गराएर होली पर्व मनाएका हौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा क्रियाशील कम्युनिस्ट पार्टीले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन
-
सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरणः राष्ट्रिय दलित आयोग
-
१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्ध
-
मंगलबार लेखा समितिको बैठक बस्दै, राहदानी छपाइबारे छलफल होला ?
-
आसिफ शेख लुम्बिनी लायन्स र विवेक यादव चितवन राइनोजमा आबद्ध
-
आसिफ शेख उच्च मूल्यमा लुम्बिनी लायन्समा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण