कंगना बनिन् भाजपाको लोकसभा निर्वाचनको उम्मेदवार
मुम्बई । चलचित्र अभिनेत्री कंगना रनौट हिमाचल प्रदेशको मण्डी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन् । आइतबार साँझ भाजपाले उम्मेदवारहरूको पाँचौँ सूची जारी गरेको छ जसमा कंगनालाई मण्डीबाट टिकट दिइएको हो।
यसपटक कंगना भाजपाको टिकटमा चुनाव लड्ने अनुमान गरिएको थियो । कंगनाले एक दिन अगाडि मात्र चुनाव लड्ने संकेत दिएकी थिइन् । हिमाचल प्रदेशको कांगडास्थित बगलामुखी मन्दिरको दर्शन गर्न गएकी कंगनाले पत्रकारको प्रश्नको जवाफमा भनेकी थिइन्, 'माताको कृपा रह्यो भने मण्डी संसदीय सिटबाट अवश्य चुनाव लड्छु।'
टिकट पाएपछि कंगनाले ट्वीट गर्दै भनिन्, ‘मेरो प्यारो भारत र भारतीय जनता, मैले सधैँ मेरो भारतीय जनता पार्टीलाई बिना सर्त समर्थन गरेको छु। आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई मेरो जन्मभूमि हिमाचल प्रदेशको मण्डीबाट लोकसभाको उम्मेदवार बनाएको छ।’ पार्टीमा औपचारिक रुपमा सामेल हुन पाउँदा आफू सम्मानित र उत्साहित भएको उनले लेखेकी छन् ।
भाजपाले आइतवार लोकसभा चुनाव २०२४ का लागि उम्मेदवारहरूको पाँचौँ सूची घोषणा गर्यो । यो सूचीमा १११ सिटका उम्मेदवारको नाम समावेश छ ।
पाँचौं सूचीमा बीजेपीले उत्तर प्रदेशका १३ सिटका लागि उम्मेदवारको नाम पनि घोषणा गरेको छ । लोकप्रिय धारावाहिक रामायणमा रामको भूमिका निभाएका अभिनेता अरुण गोविललाई भाजपाले मेरठबाट टिकट दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण