मस्को हमला : चार जनाविरुद्ध अदालतमा मुद्दा सुरु
मस्को । रुसले मस्कोको कन्सर्ट हलमा कम्तिमा १३७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा चार संदिग्ध आक्रमणकारीविरुद्ध मुद्दा चलाउन थालेको छ । सबै संदिग्धहरूलाई आँखामा पट्टी बाँधेर मस्कोको अदालतमा ल्याइएको थियो, जसमध्ये एक ह्वीलचेयरमा थिए। सबैलाई आतंकवादको आरोप लगाइएको छ।
यी चार अभियुक्तहरूको नाम दलर्दजोन मिर्जोएभ, सैदाक्रामी मुरोदली रचाबलिजोडा, शम्सिदिन फरीदुनी र मुहम्मदसोबिर फैजोभ रहेको जानकारी दिइएको छ । सार्वजनिक भएको भिडियोमा प्रहरीले तीन जना अभियुक्तलाई आँखामा पट्टी बाँधेर रुसको राजधानीस्थित बासमेनी जिल्ला अदालतमा लैजाँदै गरेको देखिन्छ । सबै अभियुक्त घाइते अवस्थामा छन् ।
इस्लामिक स्टेट समूहले शुक्रबार क्रोकस सिटी हलमा आक्रमण गरेको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेको छ। यसैबिच रुसी अधिकारीहरूले यस घटनामा युक्रेनको संलग्नता रहेको आरोप लगाएका छन् । तर युक्रेनले यी दाबीहरूलाई खारेज गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण