भाजपा अध्यक्ष नड्डाकी पत्नीको कार चोरी
सोमबार, १२ चैत २०८०, १३ : ४२

काठमाडौँ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाकी पत्नीको कार चोरी भएको छ । दक्षिणी दिल्लीबाट मार्च १९ का दिन कार चोरी भएको हो ।
उक्त कार भाजपा अध्यक्ष नड्डाकी पत्नी मल्लिकाको नाममा दर्ता छ । चालक जोगिन्दरले सेतो रङको फर्च्युनर कार गोविन्दपुरीस्थित एक सर्भिस सेन्टरमा छोडेका थिए । केही समयका लागि घर फर्किएका जोगिन्दर कार लिनका लागि उक्त सेन्टरमा पुग्दा कार गायब भइसकेको थियो ।
प्रहरीले सीसीटीभी फुटेज अध्ययन गरी चोर पत्ता लगाउन प्रयास गरिरहेको जनाइएको छ । प्रहरी स्रोतका अनुसार उक्त कार गुरुग्रामतिर गइरहेको फुटेज भेटिएको छ । यद्यपि अहिलेसम्म प्रहरीले कार फेला पार्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल