भाजपा अध्यक्ष नड्डाकी पत्नीको कार चोरी
सोमबार, १२ चैत २०८०, १३ : ४२
काठमाडौँ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाकी पत्नीको कार चोरी भएको छ । दक्षिणी दिल्लीबाट मार्च १९ का दिन कार चोरी भएको हो ।
उक्त कार भाजपा अध्यक्ष नड्डाकी पत्नी मल्लिकाको नाममा दर्ता छ । चालक जोगिन्दरले सेतो रङको फर्च्युनर कार गोविन्दपुरीस्थित एक सर्भिस सेन्टरमा छोडेका थिए । केही समयका लागि घर फर्किएका जोगिन्दर कार लिनका लागि उक्त सेन्टरमा पुग्दा कार गायब भइसकेको थियो ।
प्रहरीले सीसीटीभी फुटेज अध्ययन गरी चोर पत्ता लगाउन प्रयास गरिरहेको जनाइएको छ । प्रहरी स्रोतका अनुसार उक्त कार गुरुग्रामतिर गइरहेको फुटेज भेटिएको छ । यद्यपि अहिलेसम्म प्रहरीले कार फेला पार्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण