टी–२० क्रिकेट
गुलसन झाले नै लिए आयरल्यान्ड ‘ए’ को चौथो विकेट
सोमबार, १२ चैत २०८०, १३ : ४५
काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को चौथो विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को चौथो विकेट पनि गुलसन झाले नै लिए ।
गुलसनले आयरल्यान्ड ‘ए’ का कप्तान निल रकलाई पाँच रनको ब्यक्तिग स्कोरमा कुशल मल्लद्वारा क्याच गराए । गुलसनले लिएको यो दोस्रो विकेट हो । ८.१ ओभरमा रक आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ५१ रन बनाएको छ ।
आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण