सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
टी–२० क्रिकेट

कुशल भुर्तेलले लिए आयरल्यान्ड ‘ए’ को छैटौँ विकेट

सोमबार, १२ चैत २०८०, १४ : ११
सोमबार, १२ चैत २०८०

काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को छैटौँ विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को छैटौँ विकेट कुशल भुर्तेलले लिएका हुन् । 

कुशल भुर्तेलले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान स्टेफन डोहेनीलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराए । स्टेफनले पेभेलियन फर्किनुअघि ४६ रन बनाएका थिए ।

उनले केवल ३९ बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काए । १३.१ ओभरमा उनी आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ७५ रन बनाएको छ । आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप