एक दर्जन सचिवको बिदाइ
काठमाडौँ । राष्ट्र सेवामा संलग्न भई विभिन्न समयमा सेवा निवृत्त (अवकाश) पाएका सचिवहरूलाई सरकारले सोमबार बिदाइ गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोसल्ला ओढाएर सम्मान गर्दै बिदाइ गरेका हुन् ।
सेवा निवृत्त हुने सचिवहरूमा यादवप्रसाद कोइराला, रामप्रसाद थपलिया, धनराज ज्ञवाली, गोपीकृष्ण खनाल, डा. दामोदर रेग्मी, दिनेशकुमार घिमिरे, देवकुमारी गुरागाइँ, केवलप्रसाद भण्डारी, महेश्वर काफ्ले लगायत छन् । बिदाइ भएकाहरूमध्ये विगत ६ महिनादेखि हालसम्म सेवा निवृत्त सचिवहरू छन् ।
बिदाइ गरेपछि प्रधानमन्त्री प्रचण्डले उच्च नेतृत्वसम्म रहेर हासिल गरेका अनुभव र विज्ञता राज्यले सदुपयोग गर्ने बचनबद्धता व्यक्त गरेका थिए । सेवा निवृत्त सचिव यादव कोइरालाले प्रधानमन्त्री प्रचण्डको भनाइलाई स्वागत गरे ।
उनले भने,‘ आफूहरूले कुनै पनि दबाब र प्रभावमा नपरी निरन्तर राष्ट्रको सेवा गर्न गर्यौँ । प्रधानमन्त्रीज्यूले पनि विज्ञताको राज्यले सदुपयोग गर्छु भन्नुभएको छ । खुसी लागेको छ ।’ उनले आगामी दिनमा पनि कुनै न कुनै रूपमा राज्यको सेवामा समर्पित रहने गरी काम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
-
पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम, दुई महिनाभित्र काम सकिने
-
यी ५ कारणले चुक्यो अर्जेन्टिना
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण