जनक शिक्षाद्वारा सुदूरपश्चिममा पाठ्यपुस्तक वितरण सुरु
मङ्गलबार, १३ चैत २०८०, १३ : १९
धनगढी । जनक शिक्षा सामग्री केन्द्रले सुदूरपश्चिम प्रदेशमा शैक्षिक सामग्री बिक्री वितरण सुरु गरेको छ । सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले मंगलबारदेखि सुदूरपश्चिमका नौ वटै जिल्लाहरूमा पाठ्य सामग्री बिक्री वितरण सुरु गरेको हो ।
प्रादेशिक कार्यालय धनगढी प्रमुख रामबहादुर कुँवरका अनुसार शैक्षिक सत्र २०८१ मा जिल्लागत रूपमा कक्षा १ देखि १२ सम्मको गरी जम्मा १९ लाख १५ हजार १८५ थान पाठ्य पुस्तक बिक्री गर्ने लक्ष्य राखिएको हो । जुन चालू शैक्षिक सत्र २०८० को भन्दा पौने दुई लाखले बढी रहेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए । चालु शैक्षिक सत्रमा जनक शिक्षाले सुदूरपश्चिममा १७ लाख ४१ हजार पाठ्य पुस्तक वितरण गरेको हो । जनक शिक्षाले समयमै विद्यार्थीहरूको हातमा पुस्तक पुग्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण