ढोलाहिटी हत्या प्रकरणमा संलग्न आरोपी दुई वर्ष जेल बसेर निस्केका युवक

काठमाडौँ । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा दुईजनाको हत्यामा संलग्नमध्येका एकजना यसअघि पनि जेल बसेर निस्केको थाहा भएको छ । डि–पोपिना रेस्टुरेन्टका सञ्चालक विजय राई लागुऔषध मुद्दामा जेल बसेर निस्केका हुन् ।
खोटाङ घर भएका ३१ वर्षीय विजय राई लागुऔषध मुद्दामा २ वर्ष जेल बसेर निस्केको ‘क्रिमिनल रेकर्ड’ भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।
प्रहरी वृत्त थानकोटले विजयलाई ०७५ मा लागुऔषध मुद्दा चलाएको हो । सो मुद्दामा जेल भुक्तान गरेर निस्केपछि उनले रेस्टुरेन्ट व्यवसाय सुरु गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
चक्कु प्रहारबाट ११ फागुनमा दुईजनाको मृत्यु भएको थियो । विवाद भएपछि प्रहरीलाई खबर गर्नुको साटो रेस्टुरेन्ट सञ्चालकले चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको हो । रोबसको कोखमा र पुजनको तिघ्रामा चोट लागेको थियो । हत्या आरोपमा प्रहरीले विजय राई, रेस्टुरेन्टका अर्का सञ्चालक ३० वर्षीय सुलभ राई, भोजपुर घर भएका ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर घर भएका २५ वर्षीय छेङ्गवीहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न एकजना फरार रहेको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलतन्त्र विरूद्ध न्यायप्रेमी आम नागरिक एक जुट होऔँ : प्रभु साह
-
संसद्मा रास्वपाको ‘दोहोरो चरित्र’ : सत्तापक्ष बोल्दा नाराबाजी, माओवादी बोल्दा चुपचाप
-
बजेट ल्याएको भोलिपल्ट कर्णालीका अर्थमन्त्रीले भने - कार्यकर्ताहरू कति रिसाउने हो थाहा छैन
-
धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश
-
काठमाडौँमा पाँचौँ आदिवासी जनजाती चलचित्र महोत्सव हुने
-
‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स