ढोलाहिटी हत्याकाण्ड : तिहारदेखि नै थियो दुई समूहको विवाद
ललितपुर । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा चक्कु प्रहारबाट ११ फागुनमा दुई जनाको मृत्यु भएको छ । ढोलाहिटी स्थित डी–पोपिना नामको रेस्टुरेन्टमा विवाद भएपछि प्रहरीलाई खबर गर्नुको साटो रेस्टुरेन्ट सञ्चालकले चक्कु प्रहार गरेका हुन् ।
चक्कु प्रहारबाट सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको हो । रोबसको कोखमा र पुजनको तिघ्रामा चोट लागेको थियो ।
हत्यामा संलग्न आरोपमा रेस्टुरेन्ट सञ्चालक खोटाङ घर भएका ३१ वर्षीय विजय राई, अर्का सञ्चालक ३० वर्षीय सुलभ राई, भोजपुर घर भएका ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर घर भएका २५ वर्षीय छेङ्गवीहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न एक जना फरार रहेको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।

तिहारदेखी साहिल श्रेष्ठ र छेङ्गवीहाङ राईको बिचमा विवाद सुरु भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘साहिल श्रेष्ठले छेङ्गवीहाङलाई होच्याएको विषयमा विवाद सुरु भएको देखिन्छ,’ एसएसपी खनाल भन्छन्–‘दुई महिनाअघि पनि विवाद भएको र सो विवाद हत्यासम्म पुगेको देखिन्छ ।’
छुरी प्रहारपछि पुजनलाई सुमेरु अस्पताल र रोबसलाई पाटन अस्पतालमा पुर्याइएको थियो । अस्पतालबाट घटनाबारे खबर आएपछि अनुसन्धान अधिकृतहरू आरोपीहरूको खोजीमा जुटेका थिए । करिब ६ घण्टामा हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
त्यसबेला घटनास्थलमा उपस्थित थप ८ जना प्रहरीको नियन्त्रणमा छन् । उनीहरूमाथि पनि अनुसन्धान भइरहेको एसएसपी खनालले जानकारी दिए । तिहारमा विवाद गर्ने २९ वर्षीय साहिल श्रेष्ठ सुनसरीको धरान उपमहानगरपालिका–६ घर का स्थानीय हुन् । ललितपुर–१४ सोभाहिटी बस्ने उनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राति पुजनको समूह रेस्टुरेन्टमा बसेर मदिरा सेवन गर्दै थिए । त्यसबेला रोबस निकट किशोरहरू रेस्टुरेन्टमा पुगे । रेस्टुरेन्टमा पछि पुगेका किशोरहरूलाई पुजनले भने–‘फुच्चेहरू तिमीहरू यहाँबाट गइहाल ।’ त्यसबेला पुजन समूह र अन्य किशोरहरू बिच केहीबेर नोकझोँक चल्यो । रेस्टुरेन्ट सञ्चालक सुलभले उनीहरूलाई बाहिर पठाए । केही बेरमा रोबस राईलाई साथमा लिएर उनीहरू फेरि रेस्टुरेन्टमा फर्किए । रोबसले सोधे–‘मेरा भाइहरूलाई हप्काउने को हो ?’
आफूले केही समयअघि पठाएका किशोरहरू फेरि अर्को मानिस लिएर आएको रिसमा रेस्टुरेन्ट सञ्चालक र रोबसको बिचमा धकेलाधकेल भयो । रेस्टुरेन्ट सञ्चालक विजयले चक्कु झिके । केहीले रोक्न खोज्दै थिए तर, उनि रोकिएनन् । उनले रोबसको कोखामा चक्कु प्रहार गरे । दुवै जनालाई विजयले नै चक्कु प्रहार गरेको अनुसन्धानबाट थाहा भएको एसएसपी खनालले जानकारी दिए ।
घटनास्थलमा रोबस र विशाल हाङ मुकारुङ राईको बिचमा पनि धकेलाधकेल भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । हत्यापछि रेस्टुरेन्ट सञ्चालक विजय मोटरसाइकलमा चढेर भागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण