हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका प्रसाईँका दुई जना अङ्गरक्षकलाई रिहा गर्न आदेश दिएको हो ।
प्रसाईँका अङ्गरक्षकद्धय रामकुमार धिमाल र दीपक खड्कालाई चैत ५ गते सर्वोच्च अदालतबाट पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट हतियार, १ सय राउण्ड गोली बरामद गरेको थियो ।
लाइसेन्स सहितको हतियार बोक्दा प्रहरीले पक्राउ गरेका भन्दै उनीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए । आदेशमा भनिएको छ,‘निवेदकलाई दिएको जरुरी पक्राउ पुर्जी, थुनुवा पुर्जी तथा म्याद थपको आदेश तथा पत्र लगायतका काम, कारबाही र निर्णय उत्प्रेषणको आदेशले बदर गरी निवेदकलाई गैरकानूनी चुनाबाट आजै मुक्त गरिदिनु भनी विपक्षीहरूका नाउँमा बन्दी प्रत्यक्षीकरण आदेश जारी हुने ठहर्छ ।’
यस्तै सर्वोच्चले इजाजतप्राप्त हतियार इजाजात पत्रको शर्तबमोजिम बोकी हिँडेको कार्यलाई प्रचलित कानुनले कसुर कायम गरेको नदेखिएको उल्लेख गरेको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण