वेल्स बाहिरिँदा पोल्याण्ड र युक्रेन युरो कपमा
काठमाडौँ । पेनाल्टी सुटआउटमा पोल्याण्डसँग पराजित हुँदै वेल्स युरो २०२४ मा छनोट हुन असफल भएको छ । मंगलबार राति भएको प्लेअफ खेलमा पोल्याण्ड ५–४ गोलले विजयी बनेको हो ।
निर्धारित समयका साथै अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । कुनै पनि प्रतिस्पर्धात्मक खेलमा वेल्सले पेनाल्टी सुटआउटको सामना गरेको यो पहिलो अवसर पनि थियो ।
पेनाल्टीमा वेल्सका डेनियल जेम्सले मात्र गोल गर्नबाट चुके । उनको प्रहार पोल्याण्डका गोलकिपर वोज्येक सिजेस्नीले रोकेका थिए । पोल्याण्डले सबै प्रहारलाई गोलमा परिणत गरेको थियो ।
रोबर्ट लेवान्डोस्कीको टोली अब जर्मनीमा हुने प्रतियोगितामा फ्रान्स, नेदरल्याण्ड्स र अस्ट्रियासँगै समूह डीमा खेल्नेछ । उता वेल्स भने युरोपियन च्याम्पियनसीपमा सन् २०१२ पछि पहिलोपटक छनोट हुन असफल भएको हो ।
उता युक्रेनले आइसल्याण्डलाई हराउँदै प्रतियोगितामा स्थान पक्का गरेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै टोली २–१ गोलले विजयी बन्यो ।
आइसल्याण्डका अल्बर्ट गुडमन्डसनले पहिलो हाफमा टोलीलाई अग्रता दिलाएका पनि दोस्रो हाफमा भिक्टर साइगानकोभ र मिखाइलो मुडरिकले गोल गर्दै युक्रेनलाई जित दिलाए । युक्रेनमा बेल्जियम, स्लोभाकिया र रोमानियासँगै समूह ईमा परेको छ ।
त्यस्तै जर्जियाले ग्रिसलाई हराउँदै पहिलोपटक युरोपियन च्याम्पियनसिपमा छनोट भएको छ । जर्जिया पेनाल्टी सुटआउटमा ग्रिसलाई ४–२ गोलले स्तब्ध बनायो । जर्जिया समूह एफमा टर्की, पोर्चुगल र चेक रिपब्लिकसँगै परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण