समिति सभापति खतिवडाको बैठक राख्ने तरिकाप्रति गुरुङको आपत्ति
काठमाडौँ । सांसद पृथ्वीसुब्बा गुरुङले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको बैठक राख्ने तरिकाप्रति गम्भीर आपत्ति जनाएका छन् । बुधबार बसेको समितिको बैठकमा सांसद गुरुङले आपत्ति जनाएका हुन् ।
सांसद गुरुङले भने, ‘सभापति खतिवडाको बैठक राख्ने तरिकाप्रति गम्भीर आपत्ति छ । समितिको विषय क्षेत्र के के हुन् त्यसमा छलफल हुनुपर्छ । जताततै पसेर जे जे मन लाग्छ त्यो विषयमा छलफल गर्ने होइन । जो सँग आफ्नो रिस छ त्यो रिस पोख्ने थलो हो र यो । हामीले यस्तो गर्ने हो ? हाम्रो समितिले सहकारीको विषय हेर्ने हो र ? लघुवित्तको विषय हेर्ने हो ? सभापतिले के विषयमा छलफल गर्ने हो ट्वाक्क त्यही विषयमा छलफल गर्नुपर्यो त्यसका लागि हामीसँग छलफल गर्नुपर्यो ।’
उनले जीवी राईलाई पक्राउ गर्ने प्रक्रिया कहाँ पुग्यो भन्दै प्रश्न समेत गरे । भने, जीबी राई मलेसियामा भएको गृहमन्त्रीले भन्नुभएको थियो, समात्न सकिएन इन्टरपोल नोटिस जारी गरेको भन्नुभएको थियो, यो प्रक्रिया कहाँ पुग्यो ?’
गुरुङले भन्सार प्रशासनमा सुशासन कायम गर्न समेत आग्रह गरे । भन्सार नाकामा सेटिङमा तस्करको नियन्त्रणमा कर्मचारी छन्। राजस्व उठेको छैन । राजस्व ४६ प्रतिशत मात्र उठेको छ । भन्सार प्रशासनमा सुशासन कायम गरौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण