शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राज्य व्यवस्था समिति बैठक

समिति सभापति खतिवडाको बैठक राख्ने तरिकाप्रति गुरुङको आपत्ति

बुधबार, १४ चैत २०८०, १३ : ०३
बुधबार, १४ चैत २०८०

काठमाडौँ । सांसद पृथ्वीसुब्बा गुरुङले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको बैठक राख्ने तरिकाप्रति गम्भीर आपत्ति जनाएका छन् । बुधबार बसेको समितिको बैठकमा सांसद गुरुङले आपत्ति जनाएका हुन् । 

सांसद गुरुङले भने, ‘सभापति खतिवडाको बैठक राख्ने तरिकाप्रति गम्भीर आपत्ति छ । समितिको विषय क्षेत्र के के हुन् त्यसमा छलफल हुनुपर्छ । जताततै पसेर जे जे मन लाग्छ त्यो विषयमा छलफल गर्ने होइन । जो सँग आफ्नो रिस छ त्यो रिस पोख्ने थलो हो र यो । हामीले यस्तो गर्ने हो ? हाम्रो समितिले सहकारीको विषय हेर्ने हो र ? लघुवित्तको विषय हेर्ने हो ?  सभापतिले के विषयमा छलफल गर्ने हो ट्वाक्क त्यही विषयमा छलफल गर्नुपर्‍यो त्यसका लागि हामीसँग छलफल गर्नुपर्‍यो ।’ 

उनले जीवी राईलाई पक्राउ गर्ने प्रक्रिया कहाँ पुग्यो भन्दै प्रश्न समेत गरे । भने, जीबी राई मलेसियामा भएको गृहमन्त्रीले भन्नुभएको थियो, समात्न सकिएन इन्टरपोल नोटिस जारी गरेको भन्नुभएको थियो, यो प्रक्रिया कहाँ पुग्यो ?’

गुरुङले  भन्सार प्रशासनमा सुशासन कायम गर्न समेत आग्रह गरे । भन्सार नाकामा सेटिङमा तस्करको नियन्त्रणमा कर्मचारी छन्। राजस्व उठेको छैन । राजस्व ४६ प्रतिशत मात्र उठेको छ । भन्सार प्रशासनमा सुशासन कायम गरौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप