आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्ड : समलिङ्गी विवाहलाई वैधानिकता दिने विधेयक पारित

बुधबार, १४ चैत २०८०, १७ : ०८
बुधबार, १४ चैत २०८०

बैंकक । थाइल्याण्ड चाँडै समलिङ्गी विवाहलाई वैधानिकता दिने देश बन्ने भएको छ । देशको तल्लो सदनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको हो । 

यो विधेयकलाई सिनेट र राजपरिवारबाट अनुमोदन हुन बाँकी छ । सन् २०२४ को अन्त्यसम्ममा देशमा समलिङ्गी विवाहलाई कानुनी मान्यता प्राप्त हुने अपेक्षा गरिएको छ। यसपछि थाइल्याण्ड समलिङ्गी जोडीको विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको एक मात्र देश बन्नेछ । –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप