अध्यक्ष रञ्जिता श्रेष्ठको निर्णयलाई मन्त्री चौधरीको चुनौती
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताएका छन् । आज टीकापुरमा सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरु सम्मिलित बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपनि चौधरीले आफूहरुको समर्थन कायमै रहने दाबी गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रीसमेत रहेका चौधरीले रातोपाटीसँग भने, ‘हामी बहुमत संसदीय दलका सदस्यहरुको समर्थन प्रदेश सरकारलाई कायमै रहेको छ । आज के निर्णय भयो, हामीलाई थाहा छैन ।’
सरकारबारे निर्णय गर्न आज टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरु सम्मिलित बैठकको औचित्य समेत नभएको उनले बताए ।
पार्टीका संरक्षक रेशमलाल चौधरीसहित बहुसंख्यक संस्थापक सदस्य तथा सांसदहरुको उपस्थितिविना निर्णय भएको भन्दै अर्कोथरीले विरोध जनाएका छन् । त्यस्तै, नाउपा निकट स्रोतकाअनुसार जापानमा रहेका पार्टी संरक्षक चौधरीले यस्ता राजनीतिक निर्णयहरु धेरै हुने गरेको बताउँदै सांसदहरुलाई विचलित नहुन समेत आग्रह गरिएको र आफू फर्केपछि ठोस निर्णय लिने भन्दै आश्वस्त पारेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण