शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

नाउपाको निर्णयमा लक्ष्मणकिशोरको फरक मत : संरक्षक र अरू सांसदको उपस्थिति खोइ ?

बुधबार, १४ चैत २०८०, २२ : ३०
बुधबार, १४ चैत २०८०

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को टीकापुरमा सम्पन्न संस्थापक केन्द्रीय सदस्य र सांसदहरू सम्मिलित बैठक विवादित बनेको छ । पार्टीका संरक्षक रेशमलाल चौधरीका साथै बहुसंख्यक संस्थापक सदस्य तथा सांसदहरूको उपस्थिति विना भएको भन्दै अर्कोथरीले विरोध जनाएका छन् । 

आज टीकापुरमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा भएको बैठकले सबै तहमा नयाँ राजनीतिक गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । साथै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय समेत गरेको छ । तर नाउपाका अर्कोथरी संस्थापक तथा नेताहरूले सो निर्णय अल्पमत सदस्यले गरेको भन्दै मान्य नहुने बताएका छन् ।

बैठकमा सहभागी रहेका सुदूरपश्चिम सरकारका विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीले बैठकमा आफूले फरक मत व्यक्त गरेको बताएका छन् । उनले रातोपाटीसँग भने, ‘टुसा नउम्रिँदै तुहाउने काम हुँदैछ । यो बैठकमा पार्टी संरक्षक र बहुसंख्यक संस्थापक र सांसदहरूको उपस्थिति बिना किन राखियो भन्ने मेरो धारणा थियो ।’ 

पार्टीले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्ला नि भन्ने जिज्ञासामा उनले थपे, ‘मैले आजको बैठकको निर्णयमा हस्ताक्षर पनि गरेको छैन । नोट अफ डिसेन्ट पनि जनाएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप