नाउपाको निर्णयमा लक्ष्मणकिशोरको फरक मत : संरक्षक र अरू सांसदको उपस्थिति खोइ ?
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को टीकापुरमा सम्पन्न संस्थापक केन्द्रीय सदस्य र सांसदहरू सम्मिलित बैठक विवादित बनेको छ । पार्टीका संरक्षक रेशमलाल चौधरीका साथै बहुसंख्यक संस्थापक सदस्य तथा सांसदहरूको उपस्थिति विना भएको भन्दै अर्कोथरीले विरोध जनाएका छन् ।
आज टीकापुरमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा भएको बैठकले सबै तहमा नयाँ राजनीतिक गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । साथै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय समेत गरेको छ । तर नाउपाका अर्कोथरी संस्थापक तथा नेताहरूले सो निर्णय अल्पमत सदस्यले गरेको भन्दै मान्य नहुने बताएका छन् ।
बैठकमा सहभागी रहेका सुदूरपश्चिम सरकारका विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीले बैठकमा आफूले फरक मत व्यक्त गरेको बताएका छन् । उनले रातोपाटीसँग भने, ‘टुसा नउम्रिँदै तुहाउने काम हुँदैछ । यो बैठकमा पार्टी संरक्षक र बहुसंख्यक संस्थापक र सांसदहरूको उपस्थिति बिना किन राखियो भन्ने मेरो धारणा थियो ।’
पार्टीले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्ला नि भन्ने जिज्ञासामा उनले थपे, ‘मैले आजको बैठकको निर्णयमा हस्ताक्षर पनि गरेको छैन । नोट अफ डिसेन्ट पनि जनाएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण